Type Here to Get Search Results !

पूर्वपश्चिम राजमार्गमा बम विस्फोट, सडकको आधा खण्ड भत्कियो

 बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा बम विस्फोट भएको छ । राप्ती सोनारी गाउँपालिका–८ नयाँगाउँ नजिकैको राजमार्गमा गएराति बम विस्फोट भएको हो



विष्फोटबाट सडकमा क्षति पुगेको छ । सडक भत्किएका कारण एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

तत्कालीन द्वन्द्वमा जमिनमुनि रहेको बम पड्किएको हुनसक्ने प्रहरीको आशंका छ ।

नेपाली सेनासहित सुरक्षाकर्मीको टोलीले विस्फोट भएको स्थानको अवलोकन गरेको थियो । टोलीले द्वन्द्वकालमा छाडिएको बम विस्फोट भएको हुनसक्ने अनुमान गरेको जिल्ला प्रहरी कार्यालयले बाँकेले जनाएको छ ।  

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today