Type Here to Get Search Results !

गाई र गोरुको हत्या गर्नेलाई कारबाही नगरिए आफूहरू चुप लागेर नबस्ने चेतावनी दिएका छन्

 जनकपुरधामका साधु सन्तहरूले नेपालमा माता मानेर पुजिने गाई र गोरुको हत्या गर्ने हत्यारालाई कानुन बमोजिम कडा कारबाही नगरिए आफूहरू चुप लागेर नबस्ने चेतावनी दिएका छन्।



आज बुधबार तुलसीदास जयन्तीको अवसरमा जनकपुरधामको बाह्रबिघा अगाडिको तुलसी स्मारक मन्दिरमा आयोजित तुलसी जयन्ती समारोहको अवसरमा भेला भएका साधुसन्तहरूले नेपाल अझै पनि संख्याको हिसाबले सनातनीको देश भएकाले अन्याय सहेर नबस्ने चेतावनी दिए।

जयन्तीको अवसरमा शोभायात्रा निकाल्नुअघि स्मारकका अगुवा समेत रहेका जानकी मन्दिरका सहायक महन्त रामरोशन दास वैष्णवले सम्बोधन गर्दै नेपालका विभिन्न ठाउँमा सनातनप्रतिको ठाडो हस्तक्षेप स्वरूप गाईगोरुको हत्या गर्नेलाई कानुनी कारबाही हुनुपर्ने माग गरे।​ हिन्दुहरूले केही गर्न सक्दैनन् भनेर नबुझ्न र नसोच्न पनि उनीहरूले चेतावनी दिए।

तुलसीदासको जन्मजयन्तीको अवसरमा तुलसी स्मारक मन्दिरमा विशेष पूजापाठ, झाँकी, भजन कीर्तन भइरहेको छ भने मन्दिरको नयाँ भवनको उद्घाटन गरिएको छ।

मन्दिरबाट साधुसन्तहरूले शोभायात्रा निकाल्दै सनातन हिन्दुधर्मको जय र जय सियारामको नारा लगाएका थिए।

तुलसी दासलाई गोस्वामी तुलसीदासको नामले चिनिन्छ। उनी विशेषत: रामचरितमानस र तुलसीकृत रामायणका लागि प्रसिद्ध छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today