Type Here to Get Search Results !

कक्षा ११ का ७७ छात्रालाई साइकल वितरण

 



मटिहानी नगरपालिकाको सहयोगमा श्री राम माध्यमिक विद्यालय मटिहानी कक्षा ११ मा अध्ययनरत ७७ जना छात्राहरुलाई साइकल वितरण गरिएको छ ।

आइतबार आयोजित एक कार्यक्रमबीच मटिहानी नगरपालिका प्रमुख (मेयर)श्री हरि प्रसाद मण्डलले साईकल वितरण गरेका हुन् ।

विद्यालयमा सहजरुपमा पुग्न र पठन–पाठनमा सहयोग पुग्ने उद्देश्यले पालिकाले विगत ४ बर्ष देखि कक्षा ११ का छात्राहरुलाई साइकल वितरण गर्दै आएको छ ।

मटिहानी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका सदस्य रितेश साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा वड़ा नं. ३,६ का वड़ा अध्यक्ष क्रमसः नाजिर मिया, कलीम अंसारी, पार्टी प्रतिनिधि श्याम कुमार मण्डल, उपेन्द्र चौधरी, उमाशंकर साह, जुगेश्वर खत्वे, यालना विद्यापीठका सह–प्राध्यापक हेम नारायण लाल कर्ण,बिद्यालयका प्र.अ. श्रीश कुमार मिश्रा, कार्यपालिका सदस्य अरुण नाहर, सुनकेसी चौधरी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today