Type Here to Get Search Results !

सखुवा प्रसौनीमा नौ जना जनप्रतिनिधि द्वारा कार्यपालिका बैठक बोलाउने माग

 


पर्सा जिल्लाको सखुवा प्रसौनी गाउपालिकामा कार्यपालिका बैठकको लागि सामुहिक रुपमा नौ जना जनप्रतिनिधिले लिखित रुपमा निवेदन पेश गरि बैठक को माग गरेता पनि अहिले सम्म बैठक बोलाइएको छैन । सखुवा प्रसौनी गाउपालिका अध्यक्ष जसवन्त यादवको मनोमानी गाउपालिका भित्र भ्रष्टाचार र अनियमितताले चरम सिमा नाघे पछि पालिका उपाध्यक्ष, वडाध्यक्षहरु र सदस्यहरु परिषद हुन नदिइ कार्यपालिका बैठक बोलाइ हिसाब किताब पेश गर्न, अनावश्यक कर्मचारी हटाउन , इन्धन खर्च र बिकास बजेट खर्चमा मेयरले गरेको भ्रष्टाचार बारे जाचबुझ को माग गर्दै बिरोधमा उत्रेका छन्। लिखित पत्र पठाइ बैठक बोलाउन समेत माग गर्दा अध्यक्षले सुनुवाइ नगरे पछि लगभग दुइ तिहाइ बहुमत सदस्य बिरोधमा उत्रेका छन्।


अहिले सखुवा प्रसौनी गापालिकालाई ब्यवस्थित तरिकाले संचालन गर्न तथा विभिन्न विषयमा छलफल गर्न अति आवस्यक रहेकोले दुई दिन भित्र बैठकको माग गरिएता पनि अध्यक्षले खासै ध्यान नदिएको जनप्रतिनिधिहरुले बताएका छन । जनप्रतिनिधिहरु ले आफ्नो प्रस्तावहरुमा राजनीतिक रुपमा लागेका कर्मचारी लाई कार्वाही गर्ने माग गरेका छन । गाउपालिकामा भएको सवारि को अनधिकृत रुप मा भएको प्रयोग रोक्न , जे.सि.बि.को अनधिकृत प्रयोग रोक्न त्यस्तै ज्यालादारी कर्मचारीको सम्बन्ध मा र प्रदेश सरकारबाट प्राप्त अनुदान विशेष र समपुरक अनुदानको बारेमा छलफल गर्न बैठकको माग गरिएको तर अध्यक्ष यसवन्त यादवले अहिले सम्म बैठक नबोलाएको जनप्रतिनिधिहरुले बताए । 


अहिले गाउपालिकाका अध्यक्ष यसवन्त यादवले हेपाहा प्रविधि देखाएको जनप्रतिनिधिहरु ले बारम्बार बैठकको माग गर्दा पनि चासो नलिएको आफू खुसी काम मात्र गरेको कारण बाध्य भएर लिखित रुपमै निवेदन पेश गरि बैठक को माग गर्नु परेको एक जनप्रतिनिधिले बताए । 


त्यस्तै सखुवा प्रसौनी गाउपालिकाका नागरिक समाजले सुचनामा गर्दा अहिले सम्म उपलब्ध नगराइएको पाइएको छ। मिति २०७९/१२/२८ गते मा नै निवेदन पेश गरि सुचना माग गरिएको मा अहिले सम्म उपलब्ध नगराइएको सुचना माग गर्ने गिरि राज कडेलले बताए । धेरै दिन सम्म सुचना उपलब्ध नगराउनु गाउपालिकामा ठूलो भ्रष्टाचार भइ रहेको उनले बताए । कुन शीर्षकमा कति खर्च ग-यो सोको सूचना माग गरे तर गाउँपालिकाका कर्मचारीहरु ले सूचना उपलब्ध गराउन आलटाल गरिरहेको आरोप लागिरहेको छ । सूचनाको माग गर्दै अहिलेसम्म चार वटा निवेदन परेको छ तर अहिले सम्म सुचना उपलब्ध गराइएको छैन ।


त्यस्तै गाउपालिका अध्यक्ष यसवन्त यादव ले कृषी,भौतिक पूर्वाधार, खेलकुद, तथा शिक्षाको बजेटमा अनियमितता गरेको सरोकारवालाहरुले आरोप लगाएका छन् । गाउँपालिकामा चरम अनियमितता भएको भन्दै उनीहरुले छानबिन गरि दोषीलाई कारबाही गर्न माग समेत गरिरहेका छन् ।


सखुवा प्रसौनी गाउपालिका को बैठकको माग गर्ने मा सखुवा प्रसौनिका उपाध्यक्ष सर्मिला बिष्ट ,वडा नं २ का वडा अध्यक्ष चिरञ्जीवी महतो थारु, वडा नं ३ का वडा अध्यक्ष मोजामिल अंसारी , वडा नं ५ का वडा अध्यक्ष अशेश्वर प्रसाद यादव , वडा नं ६ का वडा अध्यक्ष मुन्ना प्रसाद कम्मर त्यस्तै कार्यपालिका सदस्यहरु महादेव प्रसाद साह कलवार , लालबाबू उलाव, श्रीकान्ती देवि थरुइन रहेका छन ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today