Type Here to Get Search Results !

बर्दिबासमा जिपको ठक्करबाट एक जनाको मृत्यु

 


महोत्तरीको बर्दिबासमा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
बर्दिबास नगरपालिका वडा नम्बर –१० मा पर्ने पूर्व–पश्चिम लोकमार्गको लक्ष्मिनियास्थित जङ्गली क्षेत्रमा बिहीबार बेलुका मोटरसाइकललाई जिपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो भन्ने दुई जना घाइते भएका हुन्।
दुर्घटनामा परी गौशाला वडा –८ का ५१ वर्षीय भुवन ग्राङजाको उपचारको क्रममा बर्दिबासस्थित ट्रमा सेन्टरमा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय यादवले बताउनुभयो ।
सोही ठाउँका ५० वर्षीय वीरबहादुर मगर तथा गौशाला –१२ का ३५ वर्षीय आयुषमान लामा घाइते हुनुभएको छ ।
गम्भीर अवस्थामा रहेका लामाको काठमाडौँ तथा मगरको बर्दिबास ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिनुभएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र२–०२–००६ प ३४७८ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको जिपले ठक्कर दिएको थियो ।

दुर्घटनामा संलग्न रहेको आशङ्कामा बर्दिबास प्रहरीले प्र२–००१च १२३१ नम्बरको जिपलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको बर्दिबास प्रहरीका नायव उपरीक्षक यादवले बताउनुभयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today