Type Here to Get Search Results !

विभाजित एनसीसी संग एकता गर्न वार्ता समिति गठन

 गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले विभाजित एनसीसी सँग वार्ता गर्न समिति गठन गरेको छ।



एनसीसी कतारको पहिलो कार्यसमिति बैठकले संस्थाका प्रथम उपाध्यक्ष कृष्ण पन्थीको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो।

समितिको सदस्यमा संस्थाका द्धितिय उपाध्यक्ष केशव कार्की र तृतिय उपाध्यक्ष संदिप कुमार भट्टराई रहेका छन ।

महाधिवेशन हलबाट पारित संकल्प प्रस्तावको मर्म अनुशार संस्थालाई एक बनाएर अगाडि बढाउने उदेश्य सहित वार्ता समिति गठन गरेको र अर्को समुहसँग छलफल गरेर जति सक्दो छिटो दुवै संस्था एक बनाउने एनसीसी कतारका अध्यक्ष रमेश भट्टले जानकारी दिएकाछन ।

एनसीसी कतारका अध्यक्ष रमेश भट्टको अध्यक्षतामा बसेको पहिलो कार्यसमिति बैठकले महत्वपुर्ण थुप्रै निर्णयहरु पनि गरेको छ ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today