Type Here to Get Search Results !

आजको मौसमः देशका अधिकांश भागमा पानी पर्ने संभावना

 मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर-प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ।



जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति भने देशभर देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेकाे छ।e

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today