Type Here to Get Search Results !

गरुडा चिनी मिल बचाउनका लागि संघले भदौ २ गते किसान भेला गर्ने

 गरुडा चिनी मिल बचाउनका लागि उँखु उत्पादक संघ रौतहटले आगामी भदौ २ गते किसान भेला गर्ने भएको छ । हिजो एक सूचना जारी संघले सो सम्बन्धि जानकारी गराएको हो । उँखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक प्रसाद यादव द्धारा हस्ताक्षरित सूचनामा श्री राम सुगर मिल्सलाइ अनाधिकृत रुपमा गरिएको लिलामी प्रक्रिया विरुद्धमा आउँदो साउन २७ गते शनिवारका दिन श्री राम सुगर मिल्स महम्दपुर गरुडा रौतहटको मैदानमा गरिने किसान भेला प्रतिकूल मौसमको कारण मैदानमा वर्षाको पानी जमेको हुँदा सो दिनको किसान भेला स्थगन गरीएको उल्लेख छ ।




सूचनामा भनिएको छ,‘आउँदो भदौ २ गते शनिवारका दिन सो मैदानमा किसान भेला आयोजन हुने जानकारी गराइएको छ । ’ संघको आयोजनामा हुने सो किसान भेलामा उल्लेख्य संख्यामा किसान,जनप्रतिनिधिहरु,व्यापारीहरु,समाजका अगुवाहरुको उपस्थितीका लागि संघका अध्यक्ष यादवले सादर अनुरोध गरेका छन् । गरुडाको चिनी मिल बचाउन सिडियो मार्फत प्रधानमन्त्रीलाई बुझाइएको थियो ज्ञापनपत्र गरुडाको चिनी मिल बचाउन प्रर्दशन सहित ज्ञापनपत्र बुझाइएको थियो ।

श्रीराम सुगर मिलको उपकरण लिलाम भएछि उखु उत्पादक संघको अगुवाईमा गौरमा प्रदर्शन भएको थियो । साथै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको थियो । रौतहटका प्रमुख जिल्ला अधिकारी मिश्रले उखु उत्पादक संघद्धारा ज्ञापन पत्र बुझाएको र सम्बन्धीत निकायमा पठाइसकेको जानकारी दिएका थिए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today