Type Here to Get Search Results !

मैथिली भाषालाई कामकाजी भाषाको मान्यता दिन माग

 अप्पन विराटगढ परोपकार समाजले मैथिली भाषालाई कामकाजी भाषाको रुपमा मान्यता दिइ कार्यान्वयन गर्न माग गरेको छ ।

समाजका अध्यक्ष बसुन्धरा झाले मैथिली भाषाप्रति षड्यन्त्र भइ रहेको भन्दै मैथिली भाषा, कला, संस्कृति, साहित्यको संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन गर्न सरकार उदासीन देखिएको आरोप लगाएकी छन् । मधेश प्रदेशका बिना विभागीय मन्त्री सुरिताकुमारी साहलाई आइतबार ज्ञापनपत्र बुझाउँदै उनले मैथिली भाषालाई कामकाजी भाषाको रुपमा मधेश प्रदेशमा भाषा आयोगले सिफारि


स गरेको भए पनि निजी स्वार्थ भएकाहरुले मैथिली भाषाबाट जीविकोपार्जन गरे पनि हाल हिन्दीलाई कामकाजी भाषा बनाउनुपर्ने सल्लाह र सिफारिस मा उद्यत रहेको आरोप लगाएकी छन् । मधेश प्रदेशमा बहुसंख्यक मै थिली भाषा भाषीहरुको बसोबास भएकाले मैथिलीको पहिचान, मै थिलीको अस्तित्वको रक्षा गर्न एक कदम पनि पछाडि नहटे उनले बताइन् । यस विरुद्ध षड्यन्त्र गर्नेहरुलाई पनि उनले सचेत गराइन् । साथै उनले प्राथमिक तहदेखि नै मैथिली भाषामा पठन पाठन गराउन माग समेत गरिन् । उनले कठोर पर्वको रुपमा रहे को जितिया पर्वलाई राष्ट्रिय पर्वको रुपमा मान्यता दिइ सार्वजनिक विदाको घोषणा गर्नुपर्ने मागसमेत गरे की छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today