Type Here to Get Search Results !

कापी उद्योगका संचालक सिद्धान्तको शव मिर्चैयामा फेला

Source@Pankaj Sharma 


मिर्चैयास्थित एक होटलमा एकजनाको शव फेला परेको छ । मिर्चैया ५ कटारी चोकमा अवस्थित शम्भु होटेलमा मृत अवस्थामा एक व्यक्तिको शव फेला परेको हो ।


मृतक बिराटनगरको पाथीभरा कापी उद्योगका संचालक बिराटनगर १० का २५ वर्षीय सिद्धान्त भट्टराई हुन् । उनी गाडी चालक सागर राईसँगै मार्केटिङका लागि मिर्चैया आएका थिए ।


अबेर भएपछि शम्भु होटलमा बास बसेका उनी माथिल्लो तल्लाबाट तल खसेको अवस्थामा बिहान मृत भेटिएको प्रहरीले जनाएको छ । 


यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख (डीएसपी) जितेन्द्र बस्नेतले जानकारी दिए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today