जापान फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा नर्वेमाथि ३-१ को सानदार जित निकाल्दै जापान महिला विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
जापानलाई जित दिलाउन रिसा शिमिजु र हिनाता मियाजावाले समान १-१ गर्दा जापानले एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त गरेको थियो । यता नर्वेका लागि गुरो रिटेनले एक गोल फर्काइन् ।
न्यूजिल्यान्डको वालिङटन क्षेत्रीय रंगशालामा भएको एकतर्फी खेलमा खेलको १५ औं मिनेटमा नर्वेका इन्ग्रिड इन्जेनबाट आत्मघाती गर्दै जापानलाई अग्रता दिलाएका थिइन् । तर खेलको २० औं मिनेटमा नर्वेकी रिटेनले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् ।
पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा जापानले दुई गोल गरेको थियो । खेलको ५०औं मिनेटमा शिमिजुले गोल गर्दै जापानलाई २-१ को अग्रता दिलाइन् । त्यसपछि खेलको ८१औं मिनेटमा मियाजावाले गोल गदै जापानलाई ३-१ को सानदार जित दिलाइन् ।
जापान समूह ‘सी’ को विजेता तथा नर्वे समूह ‘ए’ को उपविजेताका रूपमा अन्तिम १८ मा पुगेका थिए । प्रतियोगिता अन्तर्गत शनिबार नै भएको अर्को खेलमा स्पेनलाई स्विट्जरल्यान्डलाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।