Type Here to Get Search Results !

सारुकको अन्तिम फिल्म ‘ह्यासट्याग माया’लाई म्युजिक भिडियोको रुपमा रिलिज गरिने

 दिवंगत अभिनेता सारुक ताम्राकारको अन्तिम फिल्म ‘ह्यासट्याग माया’लाई म्युजिक भिडियोको रुपमा सार्वजनिक गरिने भएको छ । निधनको बेला उनले काम गरिरहेको फिल्ममा समावेश उनको मात्र दृश्यांशलाई समेटेर भिडियोलाई आगामी साता सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

प्रोडक्सन म्यानेजर अरुण रेग्मीले सारुकको मेहनत र अन्तिम कामलाई दर्शकमाझ ल्याएर श्रद्धाञ्जली व्यक्त गर्ने उद्देश्यले भिडियो ल्याउन लागिएको बताए । ‘ट्रिब्युट टु सारुक’ नाम दिइएको भिडियोमा सारुक र अर्की एक अभिनेत्रीको दृश्यलाई मात्र समेटिने भएको छ । तर यसमा अभिनेत्री नम्रता श्रेष्ठको दृश्यलाई समावेश नगरिने भएको छ ।‘उसको मेहनत र अन्तिम कामलाई देखाएर श्रद्धाञ्जली दिने उद्देश्य हो,’ रेग्मीले अनलाइनखबरसँग भने, ‘कार्यक्रममार्फत सार्वजनिक गरेर युट्युबमा रिलिज गर्ने तयारी छ ।’ फिल्ममा समावेश सारुकले अभिनय गरेको गीत र फुटेजलाई मात्र भिडियोमा समावेश गरिने भएको


छ ।


निधनअघि सारुक यो फिल्ममा व्यस्त थिए । बर्दियामा सेड्युल सकाएर काठमाडौंमा छायांकन भइरहेको फिल्मको सुटिङको ४० प्रतिशत काम सकिएको थियो । त्यही क्रममा असार २१ गते राति सारुक काठमाडौंको रातोपुलस्थित घरमा मृत भेटिएका थिए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today