Type Here to Get Search Results !

रजनीकान्तको ‘जेलर’ रिलिजको दिन शुक्रबार चेन्नई र बैंग्लोरका कर्मचारीलाई बिदा

 रजनीकान्त ‘जेलर’को ग्राण्ड रिलिज तयारीमा छन् । दक्षिण भारतीय सुपरस्टारको फिल्म शुक्रबार प्रदर्शनको तयारीमा छ । करिब दुई वर्षपछि रजनीकान्त ठूलो पर्दामा फर्कन लागेका हुन् ।



फ्यान उनको ताजा अवतारलाई पर्दामा हेर्न उत्सुक छन् । दक्षिण भारतमा रजनीकान्तलाई पछ्याउने फ्यानको क्रेज यतिसम्म छ कि उनको गृहनगर चेन्नईका साथै बैंग्लोरलगायतका सहरका कार्यालयले ‘जेलर’ रिलिजको दिन शुक्रबार कर्मचारीलाई बिदा दिने घोषणा नै गरेका छन्

साथै, कार्यालय व्यवस्थापनले फिल्मको पाइरेसीलाई रोक्न कर्मचारीलाई निःशुल्क टिकट समेत उपलब्ध गराउने भएको छ । अन्य केही कार्यालयले पनि ‘जेलर’ रिलिजको दिनमा बिदा दिएर ‘जेलर मेनिया’लाई प्रस्तुत गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

‘जेलर’का निर्माताले फ्यानलाई फिल्मबारे छिनछिनमा अपडेट दिंदै सामाजिक सञ्जालमा प्रचारलाई तीव्र बनाएका छन् । सुपरस्टार रजनीकान्तको ‘जेलर’को क्रेज अमेरिकाको न्युयोर्कस्थित टाइम्स स्क्वायरमा समेत देखिएको छ । समुन्द्रपारका मुलुकमा फिल्मको एड्भान्स बुकिङ सुरु भएको छ भने तमिलनाडुका केही हलले मात्र बुकिङ खुला गरेका छन् ।

पहिलो दिन तमिलनाडुका ९० प्रतिशत हलमा फिल्म रिलिज हुने र रजनीकान्त अभिनित फिल्मको अहिलेसम्मकै उच्च ओपनिङ हुने प्रक्षेपण गरिएको छ । नेल्सन दिलीपकुमार निर्देशित यो फिल्मलाई एक्सन इन्टरटेनर बताइएको छ । फिल्ममा रजनीकान्तले अवकाशप्राप्त प्रहरीको भूमिका निर्वाह गरेका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today