Type Here to Get Search Results !

शहिदनगर नगरपालिकाका इन्जिनियरसहित दुईजना घुस रकम र चेकसहित पक्राउ

 धनुषाको शहिदनगर नगरपालिकामा कार्यरत एक इन्जिनियरसहित दुईजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम र चेकसहित नियन्त्रणमा लिएको छ ।

वाल निर्माण कार्य सम्पन्न पश्चात सो कार्यको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस माग गरेको सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटेको टोलीले इन्जिनियर रमेश कुमार चौधरी र उनको साथी गुरुदेव यादवलाई सेवाग्राहीबाट १ लाख रुपैयाँ र एक लाख ७५ हजारको चेकसहित नियन्त्रणमा लिएको छ ।

आइतबार शहिदनगर ३ स्थित पशु सेवा केन्द्रको भवनबाट दुबैजनालाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today