संसद्को गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको बैठक पुनः दिउँसो साढे ३ बजे बस्ने गरी सकिएको छ ।
आज साेमवार सिंहरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू सहभागी बैठक निष्कर्षमा नपुगेपछि पुनः साढे ३ बजे बस्ने गरी सकिएको हो ।
कांग्रेसका मुख्य सचेतक रमेश लेखकले संसद्को बैठक ४ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गर्ने र त्यसअघि साढे ३ बजे शीर्ष नेताको बैठक बस्ने जानकारी दिनुभयो ।
आजको प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो । एमालेले सुन तस्करी प्रकरणमा छानबिन समिति गठनको माग गर्दै संसदमा अवरोध गर्दै आएको छ ।