Type Here to Get Search Results !

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

 महोत्तरीको सोनमा गाउँपालिका वडा नं ५ खैरबनीको पोखरीमा डुबेर शनिबार दुई बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सर्लाहीको गोरईता नगरपालिका वडा ९ को महेश मलि डोमको ४ वर्षकी छोरी चञ्चला कुमारी मलि डोम र सितामाढीं रामनगर पन पाखर  ग्रामको रामभजन मलि डोमको ५ वर्षकी छोरी अर्चना कुमारी मलि डोम रहेका छन् । दुवै जना पोखरीमा एकै पटक डुबेका र   मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाका ईन्र्चाज मनोज यादवले जानकारी दिनुभयो ।



अर्चना र चञ्चला दुबई आमाको साथमा मामा गाउँ  खैरबनीमा गेरुका मेला हेर्न आएका थिए । 

दुवै बालिका १ बजेदेखि ४ बज्जेसम्म सम्पर्कविहीन भएपछि खोज तलास तीव्र गर्दा घरकै सामने रहेको रामविनय यादवको पोखरीमा नुहाउने क्रममा पानी मुनि हिलोमा फसेको अवस्थामा ५  बजे फेला परेका थिए ।  

बालिकाको शव परीक्षणको लागि प्रादेशिक अस्पताल जलेश्वर पठाएको ईलाका प्रहरी कार्यालय गौशालाका इन्चार्ज मनोज यादवले जानकारी दिनुभयो । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today