Type Here to Get Search Results !

भारतबाट अवैध रूपमा चोरी पैठारी भएको लाखौँ मूल्य वरावरका खसीवोका प्रहरीले नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालयका अनुसार सीमावर्ती पसपतेलीवाट गस्ती प्रहरी टोलीले शुक्रवार विहान २४ वटा भारतीय खसी नियन्त्रणमा लिएको हो । ती खसीबोकाको पाँच लाख ४४ हजार रुपियाँ प्रतिवेदन मूल्य कायम गरी जलेश्वर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । लगत्तै दक्षिणी सीमा नाकाबाट ३६ किलो तौल बराबरका भारतीय ब्रोइलर कुखुरा नियन्त्रणमा लिइएको छ । सीमा गस्तीमा रहेका प्रहरीलाई देखेर तस्कर खसी र कुखुरा छाडी भारततर्फ भागेको जनाइएको छ ।

         File image


नियन्त्रणमा लिएको खसीलाई जलेश्वर भन्सार कार्यालयमा बुझाइएको छ भने कुखुरा स्थानीय भद्रभलाद्मीको रोहबरमा खाल्डो खनी नष्ट गरिएको प्रहरी नायव उपरीक्षक दिलीप गिरीले जनाउनुभयो । भन्सार प्रमुख अमित पौडेलले बरामद खसीको लिलामी प्रक्रिया सुरु गरिएको जनाउनुभयो ।


पशु चिकित्सक सुरेन्द्र भारतीका अनुसार पशु स्वास्थ्य ऐन र नियमावली अनुसार क्वारेन्टाइन र भन्सार प्रक्रिया पूरा नगरी तेस्रो मुलकबाट चौपाया आयात गर्नु गैरकानुनी हो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today